चन्द्रगिरी नगरपालिकामा विद्यालय खुल्यो,विद्यार्थी मख्ख
कलाखबर संवाददाता,१२ असोज–काठमाण्डौं । लामो समयको लकडाउन पछि चन्द्रगिरी नगरपालिकाले विद्यालय खुलाएको छ । चन्द्रगिरी नगरपालिकाले असोज १ गतेदेखि नै विद्यालय खुलाएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा बिद्यार्थीहरुलाई अनलाईन कक्षा दिने निर्णय गरेको थियो । तर त्यो सबैमा पुग्ने सम्भावना कम देखियो । इन्टरनेट र मोवाइल(ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६र७ जना भन्दा बढी भएनन् ।
विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, विद्यालयले पनि किनेर दिन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेतीले बताए । उनी भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं । निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक(विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।
असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आयो । लामो समयको लकडाउन पछि विद्याल खुल्दा विद्यार्थीहरु मख्ख भएर उफ्रेको देख्दा आप्mनो मन पनि फुरुङ्ग भएको प्रधानाध्यापक बताउछन् । ८५० मध्ये ५५० विद्यार्थी भर्ना भइसके को पनि उहाँले बताए । उनीहरू पालैपालो विद्यालय जान्छन् । बिहान १० बजे र १२ बजे गरी दुई सिफ्ट सञ्चालन भएको छ । विद्यार्थीलाई एक हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए । विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने, मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।
एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी बस्छन् । माथिल्लो कक्षामा भने एउटा बेन्चमा दुई जनासम्म विद्यार्थी राखिएको जनसंख्या शिक्षक रेखा खनालले जानकारी दिइन् । कपडाको मास्क लगाएर आउने विद्यार्थीलाई विद्यालय नै सर्जिकलको मास्क उपब्ध गराएको शिक्षक खनाल बताउँछिन् । जोखिमका बावजुद विद्यार्थीको भविष्य हेरेर पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ ।
भर्ना भएका विद्यार्थीहरू सबैले पाठ्यपुस्तक प्राप्त गरिसकेको रुपाखेती बताउँछन् । प्रधानाध्यापक रुपाखेती भन्छन्, ‘अन्य विकल्प नभएपछि शैक्षिक सत्र खेर जान नदिन सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका हौं । प्रभात माध्यमिक विद्यालय एउटा उदाहरण हो । यसरी स्थानीय सरकारसँग अनुमति लिएर कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरूको संख्या ठूलो छ ।