Logo

किन साहित्कार मोदनाथ प्रश्रितले पद्यश्रीसाधना सम्मान पुरस्कार नलिने घोषणा गरे ?


कलाखबर संवाददाता,१२ असोज–काठमाण्डौं । साहित्कार मोदनाथ प्रश्रितले पद्यश्रीसाधना सम्मान पुरस्कार नलिने घोषणा गरेका छन् । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने जानकारी सम्मान प्रदान गर्ने संस्थालाई गराएको बताएका छन् । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई तथा पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

दुवै पुरस्कारको राशी तीन–तीन लाख रुपैयाँ हो । पुरस्कार घोषणा भए लगत्तै उपन्यासकार उप्रेतीले पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने आयोजकलाई जानकारी गराएको बताएका थिए ।

सोमबार प्रश्रितले पनि आयोजकलाई आफूले अहिलेको अवस्थामा सम्मान नलिने जानकारी गराएको बताए । एक पक्षले विभिन्न आरोप लगाएपछि सम्मान नै विवादित बनेको अवस्थामा तत्कालका लागि आफूले सम्मान ग्रहण गर्न नसक्ने प्रश्रितले बताए । यसअघि आइतबार हंसका लेखक उप्रेतीले भनेका थिए ‘म लैंगिक हिंसा, उत्पीडन,

जातीय भेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिनँ। प्रश्रितले भने आफूमाथि आधारहित आरोप लगाएर सम्मानित पुरस्कारलाई नै धुमिल बनाउन खोजिएकाले आफूले नलिने जानकारी गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्