Logo

मन्त्री गठनबारे दुई अध्यक्ष बीच भेटबार्ता,बालुवाटारमा छलफल हुदै


कलाखबर संवाददाता,१२ असोज–काठमाण्डौं । नयाँ मन्त्री परिषद पुर्नगठनबारे  प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच अहिले बालुवाटारमा छलफल भइरहेको छ। दुई अध्यक्षबिच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको हो ।

आइतबार नै मन्त्रिपरिषद पुनर्गठन हुने भनिए पनि ओली दाहालबीच कसलाई हटाउने र कसलाई राख्ने विषयमा सहमति नजुट्दा अन्तिम समयमा रोकिएको थियो। मन्त्रिपरिषद पुनर्गठनकै लागि प्रधानमन्त्रीले आइतबार मध्यान्न आकश्मिक बैठक डाकेका थिए ।

श्रोतका अनुसार नयाँ मन्त्री बन्नका लागि तयारी हालतमा रहन नेकपाका केही सांसदहरुलाई बालुवाटारबाट फोन गएको थियो । तर सबै मन्त्रीहरुलाई एकै पटक हटाएर पुनर्गठन गर्ने कि केहीलाई मात्रै हेरफेर गर्ने भन्नेमा दुई अध्यक्षबिच कुरा नमिल्दा आइतबार त्यसबारे टुंगो लाग्न सकेन ।

अध्यक्ष प्रचण्ड सबै मन्त्रीहरुलाई एकै पटक हटाएर केहीलाई फेरि नियुक्त गर्ने पक्षमा छन् भने ओली केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन् ।त्यसबारे अन्तिम टुंगो लगाउन अहिले छलफल भइरहेको हो।

 

प्रतिक्रिया दिनुहोस्