Logo

कृषि विधेयकको बिरोधमा चक्काजाम


कलाखबर संवाददाता,९ असोज–काठमाण्डौं । भारतमा किसानहरुले आज देशभर चक्काजामको घोषणा गरेका छन्। संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसान संगठनले देशभर चक्काजामको घोषणा गरेका हुन्।

भारतका सरकारले यी विधेयक किसानको हितमा रहेको दाबी गर्दै यसबाट आम्दानी बढ्ने र बजारको समस्या हट्ने दाबी गरेको छ।  तर किसान संगठनहरुले विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पने प्रयासको एक हिस्सा भएको बताएका छन्।

भारतीय किसानको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पञ्जाब र हरियाणामा परेको छ। किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर पूर्ण रुपमा चक्काजामको घोषणा गरेको हो।

यो आन्दोलनमा राजनीतिक दलहरुले पनि साथ दिएका छन्। पञ्जावमा सत्ताधारी बिजेपी बाहेकका दलहरु आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस्