वाइडवडी र गोकुल वास्कोटाको घुसकाण्ड तत्काल छानबिन गर्न लेखा समितिको माग
कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । संसदको सार्वजनिक लेखा समितिले वाइडवढी खरिद र सेक्युरेटि प्रिन्टर खरिदमा भएको भ्रष्टाचाको छानबिन प्रगतिबारे जानकारी गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तोकता गरेको छ। सदस्यहरुले आयोगले लेखा समितिको निर्देशनलाई अटेर गरेको बताएपछि समितिले बिहीबार आयोगलाई दुवै काण्डको छानबिनमा अहिलेसम्म भएको प्रगति विवरण पेश गर्न पत्राचार गरेको हो।
समितिका सचिव डा। रोजनाथ पाण्डेले समितिले उक्त विषयमा छानबिन गर्न निर्देशन दिएको अवस्थामा लामो समयसम्म त्यसबारे कुनै जानकारी प्राप्त नभएपछि पत्र काटिएको देश सञ्चारलाई बताए। बिहीबार बसेको समितिको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले लेखा समितिले निर्देशनअनुसार आयोगले काम गरे नगरको बारेमा बुझ्नुपर्ने बताएका थिए। समितिले हल्लाखल्ला गरेर अनियमितता भएको प्रतिवेदन सार्वजनिक गर्ने तर अख्तियारले त्यसलाई निर्देशनविपरीत पन्छाउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।
वाइडवढी खरिदमा ४ अर्ब ३१ करोड भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष थियो। समितिले वाइडवढी र सेक्युरेटि प्रिन्टर खरिद प्रक्रियामा तत्काली सूचना तथा सञ्चार प्रविधिमन्त्रीको हैहियसका गोकुल वास्कोटाले ७० करोड घुस बार्गेनिङ गरेको विषयमा विस्तृत छानबिन गरेर मुद्दा चलाउन निर्देशन दिएको थियो। अख्यितारले बास्कोटाको विषयमा प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरी तामेलिमा राख्ने निर्णय गरेको तथ्य केही समय अघि बाहिरिएको थियो।