एनआईसी एसिया बैंकद्वारा कर्जा सहायता केन्द्र स्थापना
कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । एनआईसी एसिया बैंकद्वारा कर्जा सहायता केन्द्र स्थापना गरिएको छ । भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरुको सहजताका लागि यस किसिमको कर्जा सहायताकेन्द्रको स्थापना गरेको बैंकले जनाएको छ । कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धि जिज्ञासा तथा
गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्ने छन्।
यसका साथै २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका र कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २३ दिन बाँकी रहेको जनाएको छ।
कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् उक्त योजनाबाट देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबली करणमा टेवा पुगी आम ग्राहकहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ।
ग्राहकहरूले help टाइप गरी ३४४८८ मा एसएमएस km मार्फत वा बैंकको वेबसाइट www. nicasiabank.comमा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ।