Logo

काठमाण्डौं उपत्यकामा आज एकै दिन ७५५ जनामा कोरोना पुष्टि


कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । काठमाडौँ उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। सरकारले लकडाउन खुुकुलो बनाएसँगै नेपालमा कोरोना संक्रमित बढन् थालेका हुन् । अहिले स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सबैमा कोरोना संक्रमण देखिन थाले पछि थप चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस्