कपिलवस्तुमा अबिरल बर्षाले जीप बगाउदा बेपत्ता भएका विद्युत प्राधिकरणका थप एक जना कर्मचारीको शव फेला

कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । अबिरल बर्षाले कपिल बस्तुमा जीप बगाउदा बिद्युत प्राधिकरण दुई कर्मचारी बेपत्ता भएका छन् । बुधबार बेलुका विद्युत् प्राधिकरणको बा १ ञ १०८९ नम्बरको जीप बगाउँदा १ जनाको मृत्यु भएको थियो भने २ जना बेपत्ता भएका थिए। बिहानैदेखि खोजीमा जुटेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव आज फेला पारेको हो।
उनी सर्वसाधारण हुन्। शसस्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार क्षेत्रीको शव वाणगंगा वडा नम्बर ६ सुठौलीस्थित खोला किनारमा फेला परेको हो। बेपत्तामध्ये विद्युत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेल मृत अवस्थामा गाडीमा अड्किएको देखिएपनि क्रेनले गाडी तान्नेक्रममा बाढीले शव बगाएको प्रहरीले जनाएको छ।
बुधबार वाणगङ्गा नगरपालिकाको कोइली खोलामा बाढीले नेपाल गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको थियो। वाणगङ्गा– ९ भलवाडमा विद्युत् ट्रान्सफर्मर मर्मत गरेर फर्किने क्रममा जीपलाई बाढीले बगाएको थियो। सो जीपमा विद्युत प्राधिकरणका चार जना कर्मचारी र दुई जना सर्वसाधारण सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए।