देशभर अबिरल बर्षा अझै पनि केही दिन लगातार पानी पर्ने

कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । दुई दिनयता देशभर लगातार ठूलो रुपमा अविरल बर्षा भईरहेको छ । ठाँउ ठाँउमा बाढीपहिरो जानुका साथै पानी बहाव बढेपछि जोक्खिम पनि बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ ।
अर्को ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ । यसअधि आज विहान ९ देखि दिउँसो ३ बजेसम्म वर्षाको पूर्वानुमान गरिएको थियो । आकस्मिक बहाव हुन सक्ने स्थानबारे उल्लेख समेत गरिएको थियो । अबको ६ घन्टा गण्डकी प्रदेश र प्रदेश ५ मा शतर्क रहन भनिएको छ ।
बाढी पूर्वानुमान बुलेटिनमा आज र भोल देशभरका नदीमा बहाब उच्च हुने उल्लेख छ । नारायणजी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब खतरा आसपास वा माथि हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतराभन्दा माथि हुने पूर्वानुमान छ ।
तिनाऊ बाणगंगा, पश्चिम राप्ती, बबई नदीका अलावा, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा आकस्मिक बहान हुने सम्भावना उल्लेख गरिएको छ ।