Logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा होम अफ होपलाई दुई लाख पचास हजार सहयोग


कलाखबर संवाददाता,७ असोज–काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई रु।२,५०,०००÷–९अक्षरेपी रु। दुई लाख पचास हजार ० सहयोग गरेको छ ।

मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुगोस् भन्ने मनसायले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्तरण गरेका हुन्।

बैंकले देशभर रहेका ९१ वटा शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्