Logo

लामो दुरीको यात्रा गर्दा खाजा खाना यात्रु आफैले बोक्न सरकारको आग्रह


कलाखबर संवाददाता,७ असोज–काठमाण्डौं । सरकारले एक सूचना जारी गर्दै लामो दुरीको यात्रा गर्दा यात्रु आफैले खाजा खानाको व्यावस्था गर्न भनिएको छ । बाटोको होटल रेष्टुरेण्डमा खाजा खाना खादा कोरोना सर्ने डरले आवश्यक स्वास्थ्य सुरक्षाको लागी सो सूचना जारी गरेको हो । साथै होटल तथा रेष्टुरेण्डहरुले पनि यदि खाना खाना बनाएको खण्डमा सफा र स्वस्थबर्धक बनाउन आग्रह गरेको छ ।

होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खानारखाजा साथमै बोक्न अनुरोध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले अत्यावश्यक काम परेमा मात्रै यात्रा गर्न पनि सुझाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्