Logo

बिनाअक्जिन १० पटक सगरमाथा चढ्ने आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान सहित आज अन्त्येष्टि गरिदै


कलाखबर संवाददाता,७ असोज–काठमाण्डौं । विश्व कृतिमानी तथा हिमाल आरोही आङरिता शेर्पा आज राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिदै छ । उनले बिना अक्सिजन १० पटक सम्म सगरमाथा आरोहन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । केही समयदेखि यता विभिन्न स्वास्थ्य समस्याका कारण थला पर्दै आएका आरोही शेर्पाको सोमबार बिहान ११ बजे आफ्नै निजि निवास जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

देशको शिर र छवीलाई उच्च राख्ने आरोही शेर्पाको निधनले देशलाई समेत अतुलनीय क्षेती भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् । मन्त्री भट्टराईले एक समवेदना सन्देश जारी गर्दै राष्ट्रिय सम्मान सहित बुधबार बिश्व कृतीमानी शेर्पाको अन्त्येष्टि गरिने पनि बताए ।

साथै उहाँले मृतक परिवारप्रति धैर्यधारण गर्र्न आग्रह गर्दै सम्वेदना समेत प्रकट गरेका छन् । नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७७ आश्विन ६ गतेको निर्णयानुसार उनको राष्ट्रिय सम्मानका साथ छ बौद्ध गुम्बामा बुद्धिष्टको संस्कार अनुसार अन्त्येष्टि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्