Logo

नेपालमा आज ११५४ जनामा कोरोना पुष्टि


कलाखबर संवाददाता,५असोज–काठमाण्डौं । नेपालमा आज थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार ९५३३ जनामा गरिएको पीसीआर परिक्षणमा थप ११५४ जनामा कोरोना पुष्टि भएको हो ।आज देशभरी सक्रिय संक्रमितको संख्या १७६११ रहेको उनले बताए ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । उनका अनुसार बितको २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिलो २४ घन्टामा कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार देशका बिभन्न ठाउमा गरि यो संख्यामा कोरोना संक्रमितको ज्यान गएको हो ।योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४२७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्