बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने आङरीता शेर्पाको निधन
कलाखबर संवाददाता,५असोज–काठमाण्डौं । बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने, आरोही आङरीता शेर्पाको आज बिहान निधन भएको छ । उनको आज ९आइतबार० बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा नि’धन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए। । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।
उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिमचितुवाको पदवीसमेत दिएको थियो । पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए । उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए।
१० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए। सरकारले अहिले सम्म पनि उनलाई राष्ट्रिय सम्मान गर्ने वा नगर्ने केही पनि टुंगो नगरको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले कलाखबरलाई जानकारी दिए । यदि राज्यले उहाँले सम्मान नगरे सोमबार नै उनको दाहसंस्कार गर्ने पनि शेपाले बताए ।