सामुदायिक विद्यालय खुल्न थाल्यो

कलाखबर संवाददाता,५असोज–काठमाण्डौं । बंगलाचुली गाउँपालिकामा रहेका सबै सा’मुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि प’ठनपाठन सुरु भएको हो।
गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार प’ठन पाठन सुरु भएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी कक्षा ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बै’ठक बसी पाठ्यक्रम नि’र्धारण गरेर सञ्चालन गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९७६ विद्यार्थी रहेका छन्। गाउँपालिकामा जम्मा ७ हजार २५४ जना विद्यार्थीहरु रहेका छन्। नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जा’री गरेको विद्यार्थी सि’काइ स’हजीकरण नि’र्देशिका २०७७ को गा’इडलाइन अनुसार गाउँपालिकाले पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्र’शासकीय अधिकृत नेवबहादुर वलीले बताए।
लामो समय सम्म ल’कडाउन भएपछि वि’द्यार्र्थीहरुको प’ढाई अ’न्यौलमा परेको हुँदा स्वास्थ्य सु’रक्षा अ’पनाउँदै पठनपाठन सुरु गरिएको उनले बताए।