Logo

संविधान पुर्नलेखन,राष्ट्रिय जनावर गाई बदली र झण्डा परिवर्तनको माग सहित मुलबासी मंगोल नेशनल अर्गनाइजेशनद्वारा संविधानको बिरोधमा राँके जुलुस्


 

कलाखबर संवाददाता,३ असोज–काठमाण्डौं । मुलबासी मंगोल नेशनल अर्गनाइजेशनले संविधानको बिरोधमा शनिबार साँझ राँके जुलुस निकालेको छ । प्रहरीलाई समेत झुक्याएर गोपीकृष्ण हुदै चावहिल चोकसम्म पुगेर बिरोध जुलुसलाई अन्ते गरेका छन् । उनीहरुले संविधानमा पुलबासी मंगोलहरुलाई नओटाएको भन्दै पुनरलेखनको माग गरेका छन् ।

नेपालको झण्डा परिवर्तन गर्नुपर्ने,राष्ट्रिय जनावर गाईलाई खारेज गरि कस्तुरी,मृग जस्ता राष्ट्रिय जनावर बदली गर्ने माग अगाडी सारेका छन् । नेपालको निसान छापमा भएको महाभारतको स्लोक समेत खारेज गर्नुपर्ने उनीहरुले बताएका छन् । नालायक राष्ट्रघाती सरकारले उज्यालो अभियन्ता कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति नदिएको भन्दै कडा आक्रोस पोखेका छन् ।

वर्णभेदी नीतिको अन्त्य गरि समानता,स्वतन्त्रता,भातृत्व सहितको न्यायपूर्ण लोकतन्त्र स्थापना हुनुपर्ने उनीहरुको माग रहेका छन् । धर्मनिरपेक्षताको नाममा हिन्दुबादी हावी भएकोले हिन्दुराष्ट्र नेपाल बनाउन नपाउने समेत उनीहरुले माग गरेका छन् ।

भ्रष्टचारी र कालाबजारीलाई नियन्त्रण गर्न सरकार असफल भएको भन्दै यसलाई तीव्ररुपमा कारबाही हुनुपर्ने उनीहरुले जोडतोड रुपमा माग गरेका छन् । यदि उनीहरुको यो आठ बुढे मागलाई सम्बोधन नगरे चर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्