अबको एक साताभित्र सबै विद्यालय पठनपाठन सञ्चालन नगरे कडा आन्दोलन चर्काउने चेतावनी

कलाखबर संवाददाता,३ असोज–काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूसहित १३ बिद्यार्थी संगठनका प्रतिनिधिहरुले भेट गरेका छन् । शुक्रबार मन्त्री पोखरललाई सयुक्त रुपमा भेट्र्दै उनीहरुले शैक्षिक सत्र खेर नजानेगरी पठनपाठनको व्यवस्था मिलाउन शुझाव दिएका छन् ।
यदि अबको एक हप्ताभित्र सबै विद्यालय पठनपाठन सञ्चालन नगरेमा कडा आन्दोलन समेत चर्काउने चेतावनी दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक संस्थाहरु संचालनमा आउन सकिरहेका छैनन् । सम्पूर्ण बिद्यार्थी संगठनहरुले तत्काल बिद्यालय संचालन गरेर बिद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था मिलाउन मन्त्री पोखरेललाई आग्रह गरेका छन् ।
बिशेषत उनीहरुले कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न र लकडाउनका समयमा अनलाईन कक्षा संचालन गरेर चर्को मूल्य असुल्ने बिद्यालयहरुलाई तत्काल कारवाही गर्न आग्रह गरेका छन् ।
उनीहरुले एसईईको जीपीएका आधारमा नभई सिटिभिटीले ८० प्रतिशत सरकारी र २० प्रतिशत निजी विद्यालयका विद्यार्थी भर्ना गराउनुपर्ने समेत माग गरेका छन् ।एसईईमा गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गराउनुपर्ने पनि मा’ग गरेका छन् ।