जताततै प्रहरी ज्यादती,देश र जनताको पक्षमा आवाज उठाउदा बुट,लठ्ठी प्रहार गरि आम नागरिक अभियन्ताको टाउको फुटायो

कलाखबर संवाददाता,२ असोज–काठमाण्डौं । शुक्रबार दिउसो नयाँबानेश्वर बिजुलीबजारमा देश र जनताको पक्षमा आवाज उठाउन गएका आम नागरिक अभियनता माथी बुट र लठ्ठी प्रहार गरि प्रहरीले टाउको फुटाएको छ । उज्यालो अभियन्ता कुलमान घिसिङको पक्षमा बुलन्द आवाज गर्न गएका आम नगरिक अभियन्ता माथि प्रहरीले ज्यादती गरेको छ । प्रहरीले अभियन्ताहरुलाई ठेलाठेल जथाभावी लछाडपछाड गरेका छन् । कसैको टाउको फुटाएका छन् भने कसैलाई गम्भिर घाइते बनाएका छन् ।
नेकपाका नेता तथा युटयूब भाईरल पूण्य गौतमलाई प्रहरी तीन दिन लगातार ठेलाठेल कुटपिट गरी सक्त घाईते बनाएका छन् । माईतीघर मण्डलामा शुक्रबार दिउसो २ बजे आन्दोलन गर्ने सुचना अभियन्ताहरुले जारी गरेपछि कडारुपमा प्रहरी परिचालन गरिएका थिए । त्याहाँ कुनै पनि अभियन्ताहरुलाई प्रहरीले आउन नदिए पछि विभिन्न गल्लीबाट अभियन्ताहरुले निस्कने प्रयास गरेका थिए । तर सबैतिरबाट प्रहरीले घेरा हालेपछि बानेश्वरको विजुलीबजारबाट निस्किएका पूण्यगौतम सहितको अभियानकर्ताहरुलाई प्रहरीले ठेलाठेल र लठ्ठी प्रहार गरि लखेटेका थिए ।
शुक्रबार दिउसो नयाँ बानेश्वरको संसद भवन नजिकै वसन्त पौडेललाई संविधानको विषमा अनलाईनखबरले केही प्रश्न सोध्दै गर्दा प्रहरीले एक्कासी लठ्ठी प्रहार गरी लटेका थिए । संविधानले हामीलाई के दियो रु भन्नेबारे पौडेलले बताउँदै थिए । अचानक प्रहरीले धावा बोल्यो र उनलाई निकै परसम्म लखेटेर कुटपिट गर्यो । प्रहरीले अवरोध गर्दै हामीलाई दृश्य खिच्न समेत दिएको थिएन । संविधानले जनतालाई जति राहत दिनुपर्ने त्यति हुन नसकेको पौडेलले बताउँदै गर्दा प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको टोलीले पौडेललाई बोल्न निषेध गरे ।
प्रहरीले संसद भवनअगाडि नै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोले । पत्रकारलाईै पनि समाचार संकलन नगर्न इन्सपेक्टर सापकोटाले दवाब दिएका थिए । अनलाइनखबरकर्मीलाई पनि प्रहरीले दुर्व्यहार गर्दै गर्न खोजेका थिए । तर गाडीमा हाल्न खोजे पनि प्रतिवाद गरेपछि इन्स्पेक्टर सापकोटाले पक्राउ चाहिँ गरेनन् । प्रहरी टोलीले सूचना विभागको कार्ड देखाउँदासमेत अन्तर्वार्ता दिइरहेका पौडेललाई लाठी हानेर अन्तर्वार्ता बिथोलेका थिए ।
पर पुगिसकेपछि पनि उनीमाथि प्रहरीले लखेट्दै गएर कुटपिट गर्यो । यस विषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले घटनाबारे छानविन गर्ने जनाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले पनि घटनाको छानविन गर्ने बताएका छन् ।