Logo

युटयूबरहरु पत्रकारिताको खोल आढेका ठगहरु हुन,पत्रकार हुन सम्वधिन्त बिषय पढेको हुनुपर्छ यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ :रक्ष कुमार राई (अभियान )


 

कलाखबर संवाददाता,२ असोज–काठमाण्डौं । सामाजिक अभियन्ता तथा बिश्व कृतिमानी रक्ष कुमार राई अभियान अहिले फेरि युटयूबहरुप्रति खनिएका छन् । उहाँले सबै पत्रकारहरु युटयूबर हुन सक्छन् तर सबै युटयूबरहरु पत्रकार हन नसक्ने भन्दै डलरको पछाडी लाग्ने उनिहरु ठग र व्यापारी भएको बताएका छन् । युटयूबरहरुले गर्दा अहिले जताततै पत्रकारको सामाग्रीहरु समेत दुरुपयोग भई रहेको उहाले आरोप लगाएका छन् । बिना सर्टिफिकेट र बिना अध्यनका युटयूबरहरु पत्रकारको नाममा खोल ओढेका एउटा ठगहरु मात्र हुनु भन्ने उनले संज्ञा दिएका हुन् ।

लामो समय अध्यन र मेहिनत गरेर आएका वास्तविक हजारौ पत्रकारहरु समेत ओझेलमा परिरहेका बेला व्यक्तिगत चर्चा र डलरको पछाडी लाग्ने युटयूबरहरु कसरी राष्ट्रको चौथो अंग हुन सक्छ भन्ने प्रश्न समेत उहाँले गरेका थिए । यटयूबहरुले गर्दा व्यक्तिगत चत्रिहत्या मात्र नभएर सिङ्गो पत्रकारिता जगत नै घिन लाग्दो अवस्थामा पुगेको उनले बताए । पत्रकारको नाममा खोल ओढेका नक्कली पत्रकार बन्ने युटयूबरहरले गर्दा वास्तविक पत्रकारहरुको छवी समेत धमिलिएको उहाँले कलाखबरसँगको संवाददमा बताए ।

एउटा क्यामेरा र बुमको भरमा कोही पनि पत्रकार हुन नक्ने भन्दै उहाँले आवश्यक छानबिन गरि सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । अहिले वास्तविक पत्रकारहरुले आपतविपतमा प्रयोग गर्ने संवेदनशील मिडिया सामाग्रीहरु दुरुयोग भएकोप्रति सरकार निरीह बनेको पनि उनले आरोप लगाए । साथै उनले पछिल्लो समय चर्चा कमाउन विजय शाहीले पनि अनेक बाहाना बुनेको आरोप लगाए । जनतालाई दिकभ्रमित बनाउदै चर्चा कमाउछु भन्दा उल्टै आफ्नो पतन हुन लागेको उहाँले बताए ।

सुरुमा आफूले पनि केहि विश्वास लागेर सहयोग गरेको बताए । तर अहिले उनको कर्मको मिडियामा चर्चा कमाउने बाहेक कुनै तुक नभएको उनको भनाई थियो । अहिलेको अवस्थामा पुरयाउन आफू र अर्को विश्वकृतिमानी चित्र कुमार कार्कीको ठूलो सहयोग रहेको बताए । अहिले उनको नक्कली कर्म देखेर अब उनको पछाडी लाग्न पनि छोडी सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्