Logo

रोगले भन्दा भोगले मर्न लाग्यो भन्ने मुलनाराका साथ भोली बृहत प्रर्दशन हुने


कलाखबर संवाददाता,३०,भदौं–काठमाण्डौं । नाइ श्रमिकहरुले भोलि पनि काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएका छन् । रोगले भन्दा भोकले मर्न थालेको भन्दै उनीहरुले आफूहरुका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने घोषणा गरेका हुन्।

मंगलबार बिहान जाउलाखेलबाट सुरु भएको विरोध र्याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो। धर्नापछिको कोणसभामा नाइ श्रमिक संयुक्त संघर्ष समितिका नेताहरुले माग पूरा नभएसम्म आफूहरुको सडक आन्दोलन जारी रहने बताएका हुन्।

भोकले मर्नुभन्दा राज्यले नै गोली हानेर मारोस् भन्ने चाहेर बाध्य भइ औजारसहित सडकमा उत्रेका उनीहरुको भनाइ छ। उनीहरुले लामो सयमदेखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताउँदै सैलुन र पार्लर तुरुन्त खोल्न दिन माग गरेका छन् ।

निशुल्क पीपीई सेट उपलब्ध गराउन र ५० लाखसम्मको जीवन बिमा निशुल्क गर्न उनीहरुको माग छ।

 

 

प्रतिक्रिया दिनुहोस्