Logo

कोरोनाबाट ११ जनाको मृत्यू,देशभर १४५९ संक्रमित थपिए, ६७६ जना उपत्यकामा मात्रै


कलाखबर संवाददाता,३०,भदौं–काठमाण्डौं । मंगलबार देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ६७६ जना काठमाण्डौं उपत्यकामा मात्रै रहेका छन् । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

मंगलबार देशभर कोरोनाबाट ११ जनाको मृत्यू भएको छ ।  मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि संक्रमित पनि थपिदै गएका छन् ।

यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्