कुलमानको नियुक्ति पखिर्दै जनता सडकमा, प्राधिकरणका कर्मचारीले गरे बिदाई नेपाल सरकार मौन
कलाखबर संवाददाता,३०,भदौं–काठमाण्डौं । आफ्नो चार बर्षे कार्यकाल आईतबार सकाएका कुलमान घिसिङ मंगलबार बिदाई भएका छन् । एक बिशेष कार्यक्रमका बीच प्रधिकरणका कर्मचारीहरुले उहाँलाई बिदाई गरेको हो । आईतबार साँझबाटै भिबिन्न अभियानकर्ता तथा जनता भने उनको सर्मथनको पक्षमा नाराबाजी सहित माईतीघर मण्डलामा उत्रिएका थिए । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन(जानु समान्य प्रक्रिया भएको बताए ।
कर्मचारीले प्राधिकरणमा रातको १०र१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए । उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताए । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
अब अर्को कार्यकलका लागि नियुक्त भए मात्रै उनी प्राधिकरण फर्किनेछन् । तर, उनको पुननियुक्ति गर्न प्रधानमन्त्री केशपी शर्मा ओली तयार छैनन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । प्रधामन्त्रीको आनाकानीले अहिलेसम्म पनि कुलमान नियुक्तिको बिषयमा कुनै फाईल नै अगाडी बढ्न सकेको छैन ।
आईतबार साँझ माईतीघर मण्डलामा ओली सरकार बिरुद्ध विभिन्न अभियानकर्ताहरुले नाराबाजी गरेका थिए । कुलमानलाई पुन नियुक्ति गर,भ्रष्ट सरकार मुर्दाबाद,सालोलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न पाईदैन । एम सी सी खारेज गर । मनपरीतन्त्र चल्दैन, नेपाली जनता जिन्दाबाद जस्ता नाराबाजी गरेका थिए । अभियानकर्ताहरुले कुलमानले उज्यालो पारेको सांकेतीक मैन बत्ति बालेका थिए ।
यस्तो उज्यो अभियानकर्तालाई पुन नियुक्ति नगरेको खण्डमा र जबरजस्ती एम सी सी पास गराएमा सम्पूर्ण जनताले सडकमा आगो बाल्ने समेत उनीहरुले सरकारलाई चेतावनी दिए । भ्रष्टचारी सालो, सम्धी नाताबाद जस्ता प्राधिकरणमा ल्याए जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट जनताले हटाए त्यसरी नै बालुवाटारबाट ओलीलाई पनि हटाउने चेतावनी दिएका थिए ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।