Logo

राहत सामाग्री र नगद बोकेर पीडित बिमला बिमला रसाईलीको दुःखको आँशु पुच्न पुगे गायीका बिनिता राई र सामाजसेवी श्याम कुमार राई( रजिन बाबु)


 

कलाखबर संवाददाता,२९ भदौ – काठमाण्डौं । श्रीमान बेपत्ता भएपछि बिचलित आवस्थामा रहेकी उदयपुर जिल्लाको सुरुङ छविसे वडा नं २ स्थायी घर भएकी बिमला रसाईलीलाई गायीका बिनिता राई र सामाजसेवी रजिन बाबुले राहत सामाग्री उपलब्ध गराएका छन् ।

गायीका राई र सामाजिक अभियन्ता तथा रचनाकार समेत रहेका श्याम कुमार राई रजिन बाबुले घरमा आवश्यक खाद्य सामाग्रीहरु दाल,चामल,चिनी,तेल,नुन र रियअल जुस,विस्कुट चाउचाउ,चिउरा,दालमुढ जस्ता खाजा नास्ताहरु उपलब्ध गराएका हुन् । साथै तरकारी खाने नगद पनि उनीहरुले छुट्टै उपलब्ध गराएका छन् । काममा गएको श्रीमान दुई बर्षदेखि बेपत्ता भएपछि चार सन्तानकी आमा बिमला रसाईली बिचलित अवस्थामा पुगेकी हुन् ।

उनी बाटोमा कहिले सागको मुठो र कहिले मकै पोलेर बेच्दै चार सन्तान पाल्न बाध्य भएकी छन् । चार बच्चाकी आमा बिमला रसाईलीलाई हाल बिहान र बेलुकाको छाक टार्न समेत धौधौ भएको छ । यस विषयमा कलाकार तथा समाजसेवी गोकुल रोक्काको माध्यमबाट कलाखबरले सम्प्रेसन गरेको समाचार पढेपछि गायीका विनिता राई र सामाजिक अभियन्ता रजिन बाबुले पनि सहयोग गर्ने अठोट गरेका हुन् ।

उहाँहरुसँगै राम्रो नराम्रो कुरा अनलाई चौतारीको माध्यमबाट आएकी सामाजसेवी अमि राईले पनि आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक कत्ताकपडा र नगद सहयोग गरेकी हुन् । उनले राम्रो नराम्रो अनलाईन चौतारीको माध्यमबाट धेरै दिनदुखीहरुलाई सहयोग गर्दै आएको समाजेवी तथा नराम्रो नराम्रो अनलाईन चौतारीका कार्यकारी प्रमुख श्याम कुलुङ राईले कलाखबरलाई बताए । राम्रो नराम्रो अनलाईन चौतारी सञ्चालक श्याम कुलुङ राईले सहयोगी र मनकारीहरुबाट उठेको रकम पीडितहरुलाई दिदै आएका छन् ।

हाल सुन्दरीजलको दोबाटोमा जस्ताको छाप्रोमुनी ४ जना बच्चा सहित बस्दै आएकी रसाईलीलाई मुन्धुम स्टार डटकमका सञ्चालक सुमन वाङदेलले पनि केही नगद दिनुभएको थियो । उनको अवस्था निकै नै नाजुक भएको कलाकार तथा समाजसेवी गोकुल रोक्काले बताउनु भयो । लकडाउनको अवधीदेखि यता समाजसेवी रोक्काले रसाईलीलाई पुग्दो र आवश्यक खाद्य सामाग्री उपलब्ध गराई सकेका छन् ।

२०६९ सालमा उदयपुरकै दिपक रसैलीसँग विवाह बन्धन्मा बाधिएकी उनलाई २ बर्षयता श्रीमानले छोडेको समाजसेवी रोक्काले कलाखबरलाई जानकारी दिए । श्रीमान बेपत्ता भएपछि अहिले उनको अवस्था निकै नाजुक रहेकाले सबै मनकारीहरुसँग आफूले सकेको सहयोग गर्न रोक्काले अपिल गर्नु भयो । रसाइली भने अझै पनि आफ्नो श्रीमान फर्केर आउने आसमा रहेको बताउछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्