Logo

नेपाली सेनाको विमान नारायणहिटीमा अवतरण


कलाखबर संवाददाता,२८ भदौ – काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राखिएपछि उक्त विमान हेर्ने र फोटो खिच्नेको भीड लागेको छ। दरबारमार्ग हुँदै हिँड्नेहरु त्यहाँ आफ्नो साधन रोकेर फोटो र भिडियो खिच्ने गरेको आइतबार देखिएको थियो।

शनिबार मात्रै उक्त विमान विमानस्थलबाट तीनकुने(बानेश्वर(माइतीघर हुँदै संग्रहालयमा नेपाली सेनाको टोलीले गुडाउँदै ल्याइपुर्याएको थियो। गत वर्ष रक्षा मन्त्रालयले पूर्वराजाले प्रयोग गरेका विमान र हेलिकप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो।

शनिबार बेलुका सडक मार्ग भएर लगिएको यो विमान २०३१ मा नेपाल ल्याइएको थियो। यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्