Logo

श्रीमानको बेपत्ता पछि बाटोमा सागको मुठो बेचेर चार सन्तान पाल्न बिमला रसाईलीलाई धौधौ


कलाखबर संवाददाता,२८ भदौ – काठमाण्डौं । उदयपुर जिल्लाको सुरुङ छविसे वडा नं २ स्थायी घर भएकी बिमला रसाईलीलाई श्रीमानले छोडेपछि बिचल्लित अवस्थामा पुगेको छ । अहिले उनी बाटोमा सागको मुठो बेचेर चार सन्तान पाल्न बाध्य भएकी छन् । काम गर्न गएको श्रीमान फेर्केर नआएपछि चार बच्चाकी आमा हाल बिहान र बेलुकाको छाक टार्न समेत धौधौ भएको छ ।

तीन छोरी र एक छोराकी आमालाई श्रीमानले अचनाक छोडेपछि बाटोमा कहिले मकै पोलेर त कहिले सागको मुठोर बेच्दै बिहान र बेलुकाको छाँक टार्दै आएकी छन् । तर उनको दैनिक आम्दानी भने १५० देखि २०० भएको उनी बताउछिन् । दैनिक दिनको २०० आम्दानीले तपाई आफू सहित पाँच जनाको परिवारलाई कसरी पाल्नु हुन्छ ? भन्ने कलाखबरको प्रश्नमा सहयोगी र मनकारीहरुको आशा र भरोसाले नै आफ्नो गुजारा चालाउदै आएको बताइन् । त्यो पनि लामो समय लकडाउनको कारणले आफ्नो कुनै आम्दानीको बाटो नै बन्द भएको सुनाइन् ।

हाल उनी सुन्दरीजलको दोबाटोमा जस्ताको छाप्रोमुनी ४ जना बच्चा सहित बस्दै आएकी हुन् । उनको अवस्था निकै नै नाजुक भएको कलाकार तथा समाजसेवी गोकुल रोक्काले बताउनु भयो । लकडाउनको अवधीदेखि यता समाजसेवी रोक्काले रसाईलीलाई पुग्दो र आवश्यक खाद्य सामाग्री उपलब्ध गराई सकेका छन् । २०६९ सालमा उदयपुरकै दिपक रसैलीसँग विवाह बन्धन्मा बाधिएकी उनलाई २ बर्षयता श्रीमानले छोडेको समाजसेवी रोक्काले कलाखबरलाई जानकारी दिए ।

श्रीमान बेपत्ता भएपछि अहिले उनको अवस्था निकै नाजुक रहेकाले सबै मनकारीहरुसँग आफूले सकेको सहयोग गर्न पनि रोक्काले अपिल गर्नु भयो । तर रसाइली भने अझै पनि आफ्नो श्रीमान फर्केर आउने आसमा रहेको बताउछिन् । शुक्रबार कलाखबर उनको अवस्था बुझन् जादाँ उनी बाटोमा सोग बेच्दै थिए । उनीसँग कलाखबरले गरेको संक्षिप्त कुराकानी यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्