विद्यालय स्थानान्तरणको घोरविरोध सहित सम्वन्धित निकायलाई अभिभावकको बिरोधपत्र

कलाखबर संवाददाता,२८–भदौं गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका विद्यालय व्यावस्थापन समितिले आफ्नो मनोमानी विद्यालय स्थानान्तर गर्ने निर्णय गरेको प्रति अभिभावकहरुले घोर आपती जनाएका छन् । त्यस्तो निर्णयको विरोध र असहमती जनाउदै अभिभावहरुले विद्यालय व्यास्वस्थापन समितिलाई ज्ञापन पत्र समेत बुझाई सकेका छन् ।
सिरानचोक गाउँपालिका वडा नं ५मा अवस्थित सो विद्यालय विं सं २०३९ सालमा स्थापना भएको हो । बहुसंख्यक विद्याथीहरुले यो विद्यालयमा अध्यन गर्दै आएका छन् । भौतिक दुरीको हिसाबले पनि सबैलाई सहज हुने यो विद्यालयलाई अन्यन्त्र स्थानान्तरण गर्न लागेको प्रति अभिभावकहरुले घोर आपती जनाएका छन् ।
केहि विधालय ब्यबस्थापन समितिका केहि सदस्यहरुको असहमतिका बाबजुत पनि विधालय स्थानान्तरण गर्ने निर्णयको विरुद्ध बहुसंख्यक विधार्थीको उपस्थिति हुने क्षेत्र का अभिभावक हरुले यथास्थानमा नै स्कुल कायम हुनु पर्छ भन्ने माग सहित बिरोध पत्र बुझाएका हुन् ।
सिरानचोक गाउँपालीका वडा नं ५ मा विं सं २०३९ सालमा स्थापना भएको श्री सहयोग सदन आधारभुत विधालय धेरै विधार्थीहरुलाइ भौतिक दुरीका हिसाबले सहज हुने स्थान बाट अन्त कतै नलैजान अभिभावकहरुले माग गरेका छन् । विधालय स्थानान्तरण गर्ने निर्णयको विरुद्ध
बहुसंख्यक विधार्थीको उपस्थिति हुने क्षेत्रका अभिभावकहरुले यथास्थानमा नै स्कुल कायम हुनु पर्छ भन्ने माग सहित बिरोध पत्र बुझाएका छन । एकपक्षीय रुपमा गरेको निर्णयले गम्भिर ध्यानाकर्षण भएको र विधालय जस्तो गरिमामय सस्थालाइ सामान्य रुपमा नबुझि दिर्घकालिन रुपमा यस्ता निर्णयले असर पार्ने अभिभावहरुले ठहर गरेका छन् । उक्त निर्णय कार्यान्वयन नगराउनको लागि सम्पुर्ण अभिभावकहरुको जोडदाररुपमा माग गरेका छन भनेर विरोधपत्रमा उल्लेख गरिएको छ ।