Logo

पचासवटा मुक्तक लिएर गुन्गुनाउदै चर्चित कवि तीर्थ श्रेष्ठ


कलाखबर संवाददाता,२७ भदौ–काठमाण्डौं । चर्चित कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन कार्यक्रम हुने भएको छ। पोखरा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर जुटिरहेका कवि श्रेष्ठका मुक्तक र कविताका आधा दर्जन पुस्तक प्रकाशित छन्। कविता र मुक्तकका दर्जन बढी एकल वाचन गरिसकेका कवि श्रेष्ठले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरिसकेका छन्।

यसअघि आठ वर्षअघि पनि काठमाडौँमा उनको एकल मुक्तक वाचन कार्यक्रम भएको थियो। ग्लोबल कन्सल्ट, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २, होलिष्टिक माइन्ड एण्ड लाइफ सेलिब्रेसन सेन्टर र कानेखुसी मिडियाको आयोजनामा हुने उक्त कार्यक्रममा करिव पचास वटा मुक्तक वाचन गरिने कवि श्रेष्ठले जानकारी दिए।

कोविडको महामारीका कारण जुमका माध्यमबाट हुने उक्त मुक्तक कार्यक्रम भदौ २७ गते शनिवार हुने छ। कार्यक्रमलाई फेसबुक, युटुब लगायतबाट प्रत्यक्ष प्रशारण गरिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक भोजराज न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्