निषेधाज्ञा खुलेसँगै काठमाण्डौं उपत्यकाको सडकमा गुड्न थाले गाडी,केही व्यावसाय र मानव आवतजावत समेत बढे (फोटो फिचर सहित )
कलाखबर संवाददाता,२५,भदौ–काठमाण्डौं । आजबाट राजधानी काठमाण्डौं उपत्यकामा सवारीसाधन र मानव आवतजावत बढ्न थालेको छ । तर सावारीसाधनमा सरकारले जोडविजोड लागु गरेको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुसँगको बैठकले २५ गतेबाट केही साना व्यावसाय र जोडबिजोडको आधारमा सवारीसाधन खुलाउने निर्णय गरेको हो ।
तर लामो रुदको सवारी साधन,अन्य उद्योग व्यावसाय तथा आन्तरिक उडान भने यथावट रुपमा बन्द नै रहेको छ । आज राजधानीका सडकमा चहल पहल बढेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारी साधन र १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
यस्तै ट्याक्सी पनि जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ । जोर गते जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका यातायातका साधन सञ्चालन गर्न पाइनेछ ।