कुलमानको कार्यकाल नथपिने कसरतमा प्रधानमन्त्री ओली तर पुन नियुक्ति दिन प्रचण्डको दवाब

कलाखबर संवाददाता,२४ भदौं–काठमाण्डौं । नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारबर्षे कार्यकाल सकिन अब मात्र ४ दिन बाँकी रहेको छ । यही भदौ २९ गते उहाँको कार्यकाल सकिए पछि पनि उनलाई फेरि दोहोर्याउनु पर्ने अधिकाँशको मत रहेको छ । प्रचण्डले पनि उहाँलाई नै पुन नियुक्ति दिनुपर्नेमा जोड दिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने जसरी हुन्छ कुलमानलाई अबको कार्यकाल नदिने पक्षमा रहेको बुझिएको छ ।
कुलमानको ४ बर्षेकार्यकालबाट आम जनता खुशी भएको बेलामा ओलीले भने अनेक आनाकानी गरिरहेका छन् । उनले अफूलाई कुलमानको कार्यशैली ठीक नलागेको र काम भन्दा बढी प्रचारबाजी गरेर आफूलाई लोकप्रीय कमाएको जस्ता आरोप लगाउदै आएको छ । पछिल्लो समय उर्जामन्त्री बर्षमान पुन पनि कुलमानलाई पुन नियुक्ति दिनुपर्छ भन्ने पक्षमा रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले अनेक बखेदा निकाल्दै आनाकानी गर्न थालेपछि नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने प्राय निश्चित जस्तै भएको छ ।
तर बाहिर जनदवाब चर्को रुमापमा रहेकाले आन्दोलनको डरले अन्तिममा ओलीले मान्ला की भन्ने झिनो आशा भने गरिएको सवन्धित स्रोतले जनाएको छ । कुलमानको कार्यकाल थप्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब दिइरहेका छन् । ऊर्जामन्त्री वर्षमान पुन प्रचण्ड निकटकै भएकाले पनि उक्त मन्त्रालयसम्बन्धी प्राधिकरणमा आफूले भनेको व्यक्तिमै निर्णय हुनुपर्ने पूर्व माओवादी पक्षधरको दाबी रहेको छ ।
त्यसैले सम्भवतः भोलि बस्ने मन्त्रिपरिषमा यसबारे प्रस्ताव लाने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले पटक पटक एकैजनालाई मौका दिन नहुने तर्क राखेका छन् । उनी कुलमानको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । कुलमान २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला प्रचण्डकै जोडबलमा नियुक्ति दिइएको थियो । उनले लोडसेडिङ अन्त गरेको जस लिएका छन् ।
प्राधिकरणमा कसलाई नियुक्ति गर्ने भन्नेबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच मतभेद कायमै छ । आज बालुवाटारमा यसबारे पनि कुरा उठेको बुझिएको छ । भोलि बस्ने क्याबिनेटमा प्रधानमन्त्री ओलीले कुनै न कुनै निर्णय लिने सम्भावना छ । कसैलाई नियुक्ति नदिएर प्राधिकरणकै अर्को व्यक्तिलाई निमित्त दिने सम्भावना पनि छ । तर कुलमानको सम्भावना कमजोर भएको छ ।