काठमाण्डौं उपत्यकामा अब निषेधाज्ञा खुल्यो, तर नाकामा कडाइ गरिने
कलाखबर संवाददाता,२४ भदौं–काठमाण्डौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं,
भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए ।
उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो । तर नाकामा भने अझै पनि कडाइ नै गर्ने भएको छ । कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ ।
स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।