Logo

देश यतिबेला परिवर्तनको प्रशव पीडामा छटपटाइरहेको छ


 

                               पेम्बा शेर्पा,चौरीखर्क
                                लुक्ला,सोलुखुम्बु ।

२३,भदौं–काठमाण्डौं । पीडामा मानव प्राचीन काल देखि अहिलेसम्म मानिसको जिब्रोमा बोलिवाद शब्द जनप्रिय बनेका छन् । तेसैले त मानिस बोलीको लागि केहि गर्न आशा रख्छन तर विडम्बना बोलीवादले मनिष लाई निष्क्रिय बनाइ दिन्छ १जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्ने देखिन्छ । अनिमात्र गाउँ , समाज ,देशको विकासमा आफ्नो भूमिका उतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि परौ भने अवश्यै नै गाउँ ,समाज देश र राष्ट्र विकासिल तिर उर्जाशिला ता पुर्बक लम्कन सक्ने सम्भव देखिन्छ । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि यस्ले कुनै परिवर्तन नदेखिन सक्छ । त्यसैले वर्तमान कठिनाई परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्ने देखिन्छ ।गाउँ , समाज,देश यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन तपाईं हामी युवा वर्ग जोसिएर लागि पर्नु आजको मूलभूत कार्य , आवश्यकता देखिन्छ ।

इतिहासका पू्र्खाहरुको कमि ,कम्जोरी, र शोकलाई निमूल पार्न यतिखेर कम्मर कसेर निरन्तर लागी पर्नु नै युवाले गाउँ , समाजमा देशको लागि निभाउनु पर्ने भूमिका देखिन्छ । तरसोझो औलाले घिउ अएन भने औललाई बगौंउन पर्छ बनेजै यद्यपि युवालाई यस्ता भूमिकाहरु नदिने हो भने हामी युवा वर्गले विद्रोह पनि गर्न सिक्नुपर्ने देखिन्छ । नैतिकता विहिन बन्दै गइरहेको हाम्रो समाजलाई नैतिकतावान र जिम्मेबार बनाउने जिम्मा अब हामी युवाको काधमा आएको छ । अव हामी युवाहरु प्रिवर्तनको सम्बाहक बन्न सक्नु पर्छ । तर भिडम्बाना नेपालको युवा वर्गलाई विश्वव्यापी मूल्य मान्यता र मापदण्डअनुसार साङ्गठनिक ढाँचामा समयसापेक्ष सुधार गर्ने तथा सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबीच समन्वय, सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरी युवाहरूकोको विकास र विस्तार गर्दै यसलाई समाज, राष्ट्र र समग्र जगतको अभिन्न अङ्ग बनाउने प्रयास अझै किन मौनता र निष्क्रिय , किन सफल बनाउन सकेको छैन रु परिवर्तन बोलीवाद बाट हैन आजैबाट गर्नुपर्ने र आफैबाट गर्नुपर्छ ।

यति भनिरहदा परिवर्तन गर्न खोज्नेहरुमा, इच्छुकहरुमा नयाँ उत्सुकता नयाँ जागर पैदा जाग्न सक्छ । यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अहिलेका बर्तमन र भबिस्यका शिक्षित एबम उर्जाशिल जल्दा बल्दा तपाईं हामी युवाहरु तत्पर रहनुपर्छ ।गाउँ , समाज देश अनि राष्ट्र परिवर्तनको अमूल्य शक्तिको रुपमा युवा नै हो भनीरहदा उनीहरुलाई राज्यले पनि नविन शिक्षा ,चेतना, जिम्मेवारी नागरिक र जागरुका नागरिकको दर्जामा उल्लेख गर्नुपर्छ । गाउँ देखि शहर, र शहर देखि देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध झमेलामा अल्झिएको अवस्था छ । युवा पुस्ताले यस्ता झमेलालाई तिखार्नू अति आवश्यक देखिन्छ । र आफू पनि तिखारिनु अवस्यक छ ।समाज , देशलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी शिक्षित र कर्मशिल युवाहरुमा नै हुन्छ त्यसैले हामी सम्पुर्ण युवाले सहि बाटोमा पहिचान गर्न सिक्नु पर्छ जस्तो लाग्छ ।

हरेक परिवर्तनमा अग्रणी भुमिका वहन गर्ने देशको युवा शक्ति व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ । यहि महत्वपूर्ण कामको जिम्मेवारी युवाहरुलाई थपिन्दै गैरहेको देखिन्छ । हाम्रो गाउँ ,शहर हरेक क्षेत्रमा रहेका सम्पूर्ण युवा शक्तिलाई सहि मार्ग निर्देशन गर्ने काम अव हामी युवाको काधमा आएको छ ।हाम्रो समाज अनि देशमा आरु राष्ट्रिय को तुलनामा धेरै राजनिती पार्टीहरुको बाक्लो इस्थापन ,बिस्तार छन् यो कुरामा कुनै अन्योलता छैन ,बर्तमन र भबिस्यका युवाले राजनैनिक पार्टीका झन्डा बोकेर मात्रै केहि हुँदैन जस्तो लाग्छ ,आफुले गाउँ ,समाज अनि बिस्तारै देशलाई दिनुपर्ने भुमिका के हो बन्ने कुरा जान्न र बुझ्न अवस्य छ।येस्तो बन्दै गर्दा कतिपयले राजनिती पार्टीका गुरु या कानुनका पुजारीहरुलाइ नराम्रो महसुस हुन सकिन्छ । जण्डनै बोक्नु हुदैन बन्ने मेरा धारण पकै पनि हैन ।यस्लाइ अबको युवाले येसरी बुज्नु जरुरी छकी राजनीतिक शस्त्र एक शिक्षाको शस्त्र हो । हामीले यो शास्त्र को अध्यन गर्न अवस्य छ ।

भबिस्य , बर्तमन युवाले देश को जण्ड या कुनै पनि पार्टीकै जण्ड हातम लिद्दा एक निस्वार्थ नगरिक भएर समाज हितका लागि आफुलाइ मन पर्ने कुनै पनि राजनीति पार्टीको मुद्दा के होरु र केका लागि र यस्ले गाउँ समाज अनि देशलाई कस्तो योगदान मिल्छ बन्ने बुझ्नुस आनि निस्वार्थ भएर गौरवका साथ् अगि बढ्दा कुनै खेर प्रकट नहोला जस्तो लाग्छ तर भिडम्बाना आजको युवाले किन देश भक्त को रूपमा कार्य गर्न बाताबरण पाइरहेका छैन रुकिन सदै युवालाई जन आन्दोलन र ग्रस्त बाताबरण लागि मात्रै प्रयोग गरिएको छ रुआजको युवा आफू तक्छु मुडो बन्चरो तक्छ गुडो बन्ने उखान जस्तै किन हुँदैछरुलोकतन्त्रको स्थापना र यसको विकासको निम्ति राजनीतिक चेतना र संस्कार अपरिहार्य हुन्छ । यसैले राजनीतिक पार्टीका युवा यसका लागि सबैभन्दा बढी उपयोगी हुनसक्छन् । तर आज निष्ठाको राजनीति गर्न चाहने युवा पार्टीभित्रको गुट र उपगुटको सिकार किन भइराखेकको छन। यसले गर्दा धेरै युवामा नैराश्य उत्पन्न भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्