Logo

एक दलित परिवारप्रति निर्घात कुटपिट, जनकपुरधामस्थित काव्या अस्पतालमा उपचार गरिदै


कलाखबर संवाददाता,२३,भदौं–धनुषा । धनुषामा एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ। विदेह नगरपालिका वडा नम्बर ३ गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारी लगायत घरमा रहेका वृद्धवृद्धा समेतलाई त्यहाँका पूर्व प्रधानपञ्चका छोराहरूले घरमै गएर कुटपिट गरेको हुन्। पूर्व प्रधानपञ्च हरी कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपीट गरेको पीडित परिवारले आरोप लगाएको हो।

सोमबार साँझ भएको सामान्य विवादमा कुसियैत परिवारले दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले जानकारी दिएका छन् । कुटाईबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडितको भनाइ छ ।

कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा निवेदन समेत दिइएको छ । यद्यपि कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडित पक्षको अरोप छ । यता दुहबी प्रहरीचौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबिच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुवै पक्षका व्यक्तिहरु घाइते भएको जानकारी दिए ।

कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको उनले बताए । दुर्गेश कुसियैत र निज पञ्चका छोरा बिहारमा रक्सी बन्द भएदेखि प्रहरीप्रशासनको मिलोमतोमा रक्सी, मरिच, इलाइची लगायतका सामानहरु स्मगलिङ्ग गरिरहेको आरोप समेत लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्