नक्कली पत्रकारको परिचयपत्र बनाएर बेच्ने ३ जना बागबजारबाट पक्राउ
कलाखबर संवाददाता,२२ भदौ–काठमाण्डौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर नक्कली पत्रकारलाई बेच्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार काठमाण्डौंको बागबजारबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेका हुन् । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामाग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् ।
उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गरेको पनि खुलेको छ । प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ । अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पत्रकारको नक्कली परिचयपत्र कसले प्रयोग गर्छन त ?
पत्रकारिताको नाममा प्रायजसो युटयूब चलाउनेहरुले पत्रकारको नक्कली परिचयपत्र प्रयोग गर्ने गरेका छन् । उनीहरु आफैले पत्रकार साबित गर्दै प्रहरी र मासलाई झुक्याउन यो कार्डको प्रयोग गर्ने गर्छन् । समाचार संकलनको नाममा भाईरल मान्छे खोज्न र सामाजिक अपराधका घटनामा जादा प्रहरीबाट बच्न यो कार्डको उनीहरुले प्रयोग गर्छन् । अहिले जताततै नक्कली प्रेस ज्याकेट र कार्डको दुरुपयोग भई रहेको छ ।
प्रेस लेखेको ज्याकेट पनि किन्न पाइन्छ । निषेधाज्ञाको समयमा पत्रकारहरुको लागि बनेर विभिन्न संघसस्थाले भाडेको ज्याकेट पनि प्राय सबै युटयूबरहरुले फेला पारेकोले पनि अहिले जताततै दुरुपयोग हुन थालेको हो ।
आईतबार ललितपुरको पुल्चोक स्थित रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रामा प्रहरीले सूचना विभागको कार्ड माग्दै वास्तविक प्रत्रकार छुटयाउन थालेपछि धेरै युटयूबरहरु लज्जित बन्नु परेको थियो । प्रहरीले उनीहरुलाई प्रवेशमा रोक लगाए पछि बाहिरबाटै फर्किनु परेको थियो ।
कस्ता ब्यक्तिले पत्रकारको परिचयपत्र पाउछन् ?
पत्रकारिता विषय अध्यन गरि आधिकारिक मिडिया हाउसमा काम गर्ने क्रियाशील पत्रकारलाई मात्र पत्रकारको ज्याकेट र परिचयपत्र पाउने अधिकार छ । नेपाल सरकारको मापदण्ड भित्र रही आधिकारिक रुपमा दर्ता भएको कम्पनीलाई मात्र नियमले मिडिया हाउस बन्न मिल्छ । तर युटयूबरहरुले बीना दर्ता नाम मात्र राखेर आफूले आफैलाई मिडियाकर्मी सावित गर्छन् ।
अहिले उनीहरुले नै नक्कली प्रेसकार्ड पनि प्रयोग गरि रहेका छन् । जसले वास्तविक मिडियाकर्मीलाई अपठ्यारोमा पारेको छ । मुलधारका मिडिया हाउसमा काम गर्ने सबैले सूचना विभागको कार्ड नपाएको पनि हुन सक्छ । तर कार्यरत कम्पनीले दिएको प्रेस कार्डले पनि उसलाई पत्रकार मान्ने आधार हुन्छ ।
उसले कार्यलयमा बुझाएको आफ्नो प्रमाणपत्रले पनि उसलाई पत्रकार हो भन्ने प्रमाण दिन्छ । तर यूटयूबरको अध्यन गरेको विषय एकातिर र गरिरहेको कर्म अर्र्कोतिर भएकोले पनि उसलाई पत्रकार बन्न असुशोबित हुन्छ । उसले समाजमा ल्याएको सूचना पनि दिक्भ्रमित हुन्छ ।
त्यसो भए नक्कली पत्रकार बन्नेलाई कारवार्ही गर्न प्रहरी कहाँ चुकिन्छ ?
प्रहरीले प्रेस लेखेको हरियो ज्याकेट र घाटीमा झुण्डयाएको कार्ड देख्ने बितिकै सबैलार्ई पत्रकार ठान्नु नै मुख्य गल्ति हो । घाटीमा झुण्डिएको कार्ड चेकजाँज गर्दा प्रहरीले कम्पनी दर्ता नं, कम्पनीको ठेगाना, सुचना विभाग वा प्रेस काउनशीलको दर्ता नं हेर्न अति आवश्यक छ ।
यी कुरा नहुने बित्तिकै जसको कार्डमा नाम र फोटो मात्र हुन्छ उनी नक्कली पत्रकार हो भन्ने प्रमाण हुन्छ ।