Logo

प्रहरीसँगको पुल्चोक झडपबाट पक्राउ परेका ७ जनालाई आज रिहा


कलाखबर संवाददाता,२२ भदौ–काठमाण्डौं । गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जनालाई आज प्रहरीले रिहा गरेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट उनी आइतबार रिहा भएका हुन् । यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये उनीहरु रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ ।” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको छ उहाले भन्नु भयो ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्