चर्चित गायीका सुनिता थेगिम र लोकप्रीय गायक नरेश वनेमको आवाजमा पालाम ख्याली भाग ३ को गीत बजारमा आउदै

कलाखबर संवाददाता,२२ भदौ–काठमाण्डौं । पालाम ख्याली भाग ३ को गीत रेकर्डिङ् सम्पन्न भएको छ । भाग १ र २ ले राम्रै चर्चा पाएपछि फेरि भाग ३ निर्माण गरिएको हो । गीतमा चर्चित गायीका सुनिता थेगिम र गायक नरेश वनेमको स्वरलहरी रहेका छन् । सो गीतलाई चलचित्र निर्देशक तथा संगीकार राज चाम्लिङले शब्द ÷संगीत गरेका हुन् । यो गीतको पहिलो र दोस्रो भागमा गायक नरेश वनेम र गायीका सुस्मिता राईले संयुक्त आवाज भरेका थिए ।
सो गीतले प्रशस्तै आम दर्शक स्रोताको मन जित्न सफल भए पछि फेरि भाग ३ को गीत पनि निमार्ण गरिएको संगीतकार राज चाम्लिङले कलाखबरलार्इं बताउनु भयो । अहिलेकोे गीतमा शब्द चयनसँगै सुमधुर स्वरकी धनी सुनिता थेगिमले गायक नरेश वनेमलाई साथ दिएकी छन् । यो गीत पनि झन राम्रो भएको छ । यसलाई झन दर्शक स्रोताले रुचाउने विश्वास लिएको छु ।
अब यसको भिडियो पनि चाडै नै छाँयाङ्कन गर्दैछौ राज चाम्लिङले भन्नु भयो । राम कार्कीको एरेन्ज रहेको गीत सेवा डिजिटल रेकडिङ स्टुडियोमा रेकडिङ भएको हो । गायक नरेश बनेमले पनि भाग १ र २ जस्तै ३ लाई पनि दर्सक श्रोताले मन पराउनु हुनेछ भन्नेमा आशाबादी रहेको बताए ।
गायिका सुनिता थेगिमको आवाजले अझ मौलिकता थपेको छ्, सिरैमा शिर फुल लाएर बोल रहेको गीत लिम्बू जतिको सस्कृती र रहन सहनलाई समेटिएको छ्, त्यसैले पनि यो गीतलाई अझै धेरैले मन पराउने विश्वास रहेको वनेमले जानकारी दिए । सो गीतलाई चन्द्र माया लिम्बुले निर्माण गरेका हुन् ।