Logo

बाकेका १७ जना प्रहरीमा पनि कोरोना


कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । बाके जिल्लाको प्रहरी कार्यलयमा कार्यरत १७ प्रहरी जवानमा पनि कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ जिप्रकाका थप १७ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । भेरी अस्पताल, नेपालगञ्जले दोस्रो लटको विवरणमा सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालयका १७ जनासहित २० जनामा कोरोना देखिएको छ ।

यसअघि दिउँसो दुई बजे सार्वजनिक पीसीआर रिपोर्टमा जिल्लामा ४० जनालाई कोरोना देखिएको थियो। त्यसमा पनि चार जना प्रहरी थिए। जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटका प्रहरीलाई कोरोना देखिएको थियो। प्रहरी निरीक्षकलाई नै कोरोना देखिएपछि अरुलाई जाँच गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्