Logo

ललितपुरको झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टि


कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । शनिबार ललितपुरको झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित प्रहरीसँग झडपमा मुछिएका स्थानीयमा पनि कोरोनाको डर बढेको छ । अहिले झडप भएको स्थानमा कर्फ्यू लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्