Logo

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा राजीनामा


कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्। खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ।

यसअघि उनले अर्थ मन्त्रालयमा विदाइ कार्यक्रम आयोजना गरेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि उनले बिदा मागेका थिए। यसअघि शुक्रबारको मन्त्रिपरिषद्मा पनि उनले मन्त्रीहरु र प्रधानमन्त्रीलाई आफ्नो कार्यावधिका लागि धन्यवाद दिएका थिए।

नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन्। खतिवडा पछिल्लो समय मन्त्री बनेको छ महिना शनिबार पूरा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्