Logo

यो हप्ताभित्रै मन्त्रीपरिषद हेरफेर गर्छु भन्ने प्रधान मन्त्री ओली फेरि किन व्याक भए ?


कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । एक हप्ताभित्रै आवश्यक सबै मन्त्रीमण्डल परिवर्तन गर्छु भन्ने ओली फेरि एक्कासी हेरफेर नगर्ने पक्षमा पुगेका छन् । उनले सबै मन्त्रीहरुलाई आ–आफ्ना ठाउँमा बसेर उल्टै ढुक्कसँग बसेर काम गर्न निर्देशन दिएका छन् । सत्तारुढ नेकपा शीर्ष नेतृत्वले मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नहुने जानकारी गराएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले तत्काल मन्त्रिपरिषद हेरफेर नहुने भन्दै जानकारी गराएका हुन् । एक मन्त्रीले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘बाहिर आएका हल्ला सत्य होइन। तपाईंहरु ढुक्कसँग काम गर्नुहोस्। पार्टीभित्र देखिएको विवाद समाधानको उपाय सुझाउन गठित कार्यदलले संघ र प्रदेशमा मन्त्रिरिषद हेरफेर गर्न सुझाव दिएको छ।

उक्त सुझावलाई बिहीबार बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गर्दै कार्यान्वयनका लागि ठोस योजना ल्याउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। मन्त्रिपरिषदमा रहेका आधा जति मन्त्रीलाई बिदाइ गरेर नेकपाले थप व्यक्तिहरुलाई सरकारमा लैजाने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्