Logo

आज बसेको मन्त्रीपरिषदको बैठकबाट अर्थमन्त्री युवराज खतिवडालाई राजिनामा दिन लगउने निर्णय


कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । आज बसेको मन्त्रीपरिषदको बैठकले अर्थमन्त्री युवराज खतिवडालाई राजिनामा दिन लगउने निर्णय गरेको छ । आजको बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । खतिवडालाई नै फेरि पनि दोहोरयाउने प्रधानमन्त्रीले चाहाना गरेपनि पार्टीको दबावका कारण उनलाई बिदाई गर्न ओली बाध्य भएका हुन् ।

ओलीले बामदेवलाई राष्ट्रिय सभामा लैजान आनाकानी गरे पनि अनेक दवाबका कारण फेरि सिफारिस गर्ने भएको छ । नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी समेत गराई सकेका छन् । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ भने आज साँझ सम्ममा अर्थमन्त्रीको राजिनामा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्