मछिन्द्रनाथ रथ घटना को जिम्मा कस्ले लिने ? यसमा स्थानीय सरकार जिम्मेवारी हुनु पर्दैन ः चन्द्र थापा मगर

कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । बिश्व समुदाय कोरोना भाइरसका कारण आक्रान्त अवस्थामा गुज्रिएको छ। यसबाट बच्न र सुरक्षा रहन प्रत्येक देशहरुले सीमा बन्द गर्नुका साथै देश भित्र लकडाउन गरी नियन्त्रणका लागि दिनरात लडिरहेका छन्। विश्वभरको अर्थब्यबस्था ठप्प छ। औद्योगिक क्षेत्र, होटल ब्यबसाय, कलकारखाना आंशिक तवरबाट सञ्चालन गर्नुका साथै संस्कृति कार्यक्रम, समारोह, ठुलो संख्याको जंकाभेटमा रोक लगाएका छन्। लाखौं दर्शक हुने खेलकुद क्षेत्रका ठुला(ठुला खेलहरु दर्शक बिना खेलाइएको छन्। जसबाट नेपालपनि अछुतो रहन सकेको छैन। नेपालमा पनि नियन्त्रण गर्न यिनै गतिविधि अपनाइएको छ।
तर पछिल्ला दिनहरूमा कोरोनाको दर वृद्धि हुँदै जादा उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले कडाइका साथ प्रत्येक जिल्लामा लकडाउनको घोषणा गरेको छ। अत्यावश्यक सेवा बाहेक हिड्डुल, विभिन्न समारोह, ठुलो संख्यामा जम्मा भएर पर्व मनाउन, आयोजना गर्न रोक लगाइएको छ। तर यसको बाबजुद आफ्नो संस्कृति, परम्परा बचाउन भन्दै ललितपुरमा महिनौं दिनसम्म रोकिएर राखिएको रातो मत्स्येन्द्रनाथको रथ तान्न स्वस्फूर्त रूपमा सयौंको संख्यामा सर्वसाधारण भेला भए।
जसलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा स्थानीय जनता र प्रहरी बीच मतभेद भइ झगडाको वातावरण सिर्जना हुन पुग्यो। प्रहरीले नियन्त्रण गर्न पानी र अश्रुग्यास प्रयोग गर्यो भने सर्वसाधारण जनताले यसको प्रतिउत्तरमा प्रहरी माथी ढुङ्गा प्रहार गर्नुका साथै कुटपिट गरेका तस्बिर, भिडियोले सामाजिक सञ्जाल तातेको छ। यिनै तस्बिर, भिडियोलाई लिएर विभिन्न कोणबाट टिकाटिप्प्णी र व्यापक रूपमा आलोचना भएका छन्। जसले एउटा गम्भीर प्रश्न खडा गरेको छ।
यसको जिम्मेवार कस्ले लिनेरु के जनतालाइ मात्रै अपरधि बनाउने रु मेयर र स्थानीय सरकारले जनतासँग समन्वय गरेर निचोड निकाल्नु पर्दनथ्योरु हिजोको घटनाबाट सरकार पनि पन्छिन मिल्दैन । जनताले आफ्नो परम्परा बचाउ भन्दै सुरक्षित ढंगबाट रथ तान्न सहजीकरणको वातावरण मिलाइ दिन सरकारलाइ आग्रह नगरेका पनि होईन वास्ता गरिएन। स्थानीय सरकारले पटकपटक रथ तान्ने मिति तोकेर सहि निर्णय नगर्दा आफ्नो परम्परा मासिने डरका कारण रोगको प्रबाह नगरी स्वस्फूर्त रूपमा रथ तान्न बाहिर निस्किन जनता बाध्य भए ।
स्थानीय सरकार, मेयरको ढिलासुस्ती र समयमै निर्णय नगर्दा र उनीहरुलाई विश्वस्त पार्न नसक्दाको परिणाम हो योरुएउटा सहि निर्णय गरेको भए यस्तो अवस्थ सिर्जना हुँदैन थियो कि। त्यसैले यसको जिम्मेवार लिन मेयर र स्थानीय सरकार, केन्द्र सरकारले पन्छिनु हुँदैन। अर्कोतिर के देखिन्छ भने सरकार हेर्ने नजर, दृष्टिकोण भित्रको चस्मापनि फरक देखिन्छ। कोरोनाकै महामारी र लकडाउन भएको अबधिमा प्रधानमन्त्रीको पद जोगाउन कार्यकर्ताले विभिन्न ठुलो र्याली गरिए, जूलूस निकालिए त्यतिबेला कोरोनाको डर भएन, प्रहरीको हस्तक्षेप भएन।
के सरकारले सबै जनतालाई समान व्यबहार देखाउनु पर्ने होईन ररु ु कसैलाई काखा कसैलाई पाखा होईन।ु गराउनु उचित देखिदैन । यति भन्दै गर्दा जनता निर्दोष हुन् भनेर म वकालत गर्दैन जनताबाट गल्ती भएकै हो रिसा, दम्ब देखाएका हुन्। तर प्रहरीले पहिला स्थानीय सरकार र मेयरसँग समन्वय गरी त्यहाँ गएको भए यस्तो परिणाम आउदैन थियो किरु जनताले वार्ता गरि निर्णय लिनुपर्ने सट्टा प्रहरीलाई नै कुटपिट गर्नु अमर्यादित कार्य थियो तर यसको जिम्मेवार सरकारले पनि लिनुपर्छ, गल्ती सरकारको पनि छ।
छिटोछरितो निर्णय गरिएको भएको यस्तो अवस्था आउदैन थियो होला। अन्त्यमास धर्म, संस्कृति हाम्रा अमुल्य सम्पत्ति हुन्। यिनको संरक्षण गर्नुपर्ने पहिलो दायित्व जनताकै हुन्छ। तर हामी हिंसात्मक बनेर होईन शान्तिको मार्ग अपनाउदै आफ्नो संस्कृति, रीतिरिवाज जगेर्ना गरौँ । क्षणिक घटनालाई लिएर समाजलाई जातीय द्वन्दको निम्ताउने विष रोप्न बन्द गरौँ। पृथ्वीनारायण शाहले भने जस्तैः नेपाल ुचार जात छत्तीस वर्णको साझा फुलबारी होु मिलिजुली बसौं।
सबै जातजाति, भेषभुषा, कलासंस्कृति लाई सम्मान हाम्रा अमुल्य सम्पत्ति रीतिरिवाज र संस्कृतिलाई जगेर्ना गर्न लागौं यथार्थ के हो भने धर्म संस्कृति मासियो भने हाम्रो देश रहदैनस सत्य हो । तर कुनैकुनै धर्म माथी आस्था राख्ने जनता कहिलेपनि अपहेलित हुनु हुँदैन। हामीले कुरीती हटाउनु पर्छ। त्यसैले यो भूगोल सबै जातजातिहरुको साझा सम्पत्ति हो।
युवाहरूलाई उचालेर धार्मिक द्वन्द्वको मार्ग तिर धकेल्न नखोजौँ उनीहरुलाई देशक उज्ज्वल भविष्य निर्माण गर्न प्रेरणा दिएर अघि बढ्दै जाउं । सबै धर्म, पर्व, जातजातिको साझा फुलबारी देशलाई एउटै बगैंचा मिलाएर मिठास बास्ना छरौँ
जय नेपाल