Logo

वरिष्ठ गायक तथा संगीतकर्मी कृष्ण भक्त राईको आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत बजारमा आउने तयारी


कलाखबर संवाददाता,१८ भदौ–काठमाण्डौं । वरिष्ठ गायक तथा संगीतकर्मी कृष्ण भक्त राईको आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत बजारमा चाडै नै आउने भएको छ । चलचित्र निदेर्शक तथा संगीतकार राज चाम्लिङको संगीतमा गायक कृष्ण भक्त राईले स्वर लहरी भरेका हुन् । जुन गीत भर्खरै मात्र सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

गीतकार तथा सह निर्माता बिक्रम नेम्बाङले निर्माण गरेको गीतलाई गायक कृष्ण भक्त राईले नै एरेन्ज पनि गरेका हुन् । गीतमा बिदेशिएका लाखौं नेपालीहरुका यथार्थ कारुणीक जीवन कहानी प्रस्तुत गरिएकोले गीत अत्ति नै उत्कृष्त र मार्मिक बनेको छ । उत्कृष्ट शब्द संयोजन र कलात्मक स्वर संगीत बद्ध गरिएकोले पनि कर्णप्रीय रहेको छ ।

गीतको काम अन्तिम चरणमा पुगेकोले भिडियो पनि आगामी हप्ता भित्र नै यूटयूब मार्फत सार्बजनिक गर्ने तयारी भएको संगीतकार राज चाम्लिङले कलाखबरलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्