लकडाउनको मौकामा नक्कली प्रत्रकारको चलखेल,प्रेस ज्याकेट र नक्कली कार्डको प्रर्दशन
कलाखबर संवाददाता,१८ भदौ–काठमाण्डौं । बिश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना कहरले निम्त्याएको लकडाउनको समयमा नक्कली प्रत्रकार बढेको छ । बीना सर्टिफिकेट र बीना कम्पनीको व्यक्तिहरुले आफ्नो नाम र फोटो मात्र टाँसेको प्रेस कार्ड र प्रेस ज्याकेट लगाएर डयूटिमा बसेका प्रहरीलाई मज्जाले झुक्याएका थिए । बाईकमा कम्पनी दर्ता बीनाको प्रेस लेखेर आफूहरुलाई झुक्याएको नाम नबताउने शर्तमा एक प्रहरीले जानकारी दिए ।
आवश्यक प्रमाणपत्र चेकजाँज गर्दा कसैको नाम र फोटो मात्र टाँसिएको र कसैको आधिकारिक हस्ताक्षर समेत नरहेको पनि ती प्रहरीले बताए । प्रेस ज्याकेट र प्रेस कार्डको दुरुपयोग गर्नेहरुमा प्राय युटयूबर नै रहेको उनको भनाई थियो । यसरी विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा युटयूबरहरुले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले समेत घोरआपति जनाएका थिए ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् । प्रत्रकारिता विषय अध्यन गरेर त्यही क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई मात्र अप्यारो अवस्थामा ती सामाग्रीहरुको प्रयोग गर्ने अधिकार छ । यसरी जनतालाई सूसुचित गराउने प्रयोजनका लागि सञ्चारकर्मीलाई दिइएको सुविधालाई युटयूबरहरुले दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय बनेको छ । गलत यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा समेत आँच पुग्ने महासंघले ठहर गरेको छ ।
महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ । साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरिएको छ । प्रेसपासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गरेको छ ।
‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ ।
कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको थियो । तर युटयूबरहरुले अझै पनि त्यो नियमको उपबहास गरेको पाइएको छ । अझै पनि हेर्ने हो भने सडकमा बढीमा मात्रामा युटयूबर नै रहेको पाइएको छ ।