गाई,गोरु र जनाइँ काटन माओबादीले सिकाइएका हुन् ः हिन्दु महासंघका युवा सागर थापा
कलाखबर संवाददाता,१७ भदौं–काठमाण्डौं । अहिले भिविन्न जातीहरुले गाईगोरु खान पाउनुपर्छ भनि रहेका बेला हिन्दु महासंघका अन्तराष्ट्रिय युवा सागर थापाले त्यसको घोरविरोध गरेका छन् । राष्ट्रिय जनावर काटने कुन देशको नियम छ ? कुन संविधानमा उल्लेख छ ? गाईको दुध अमृत सरह हुन्छ । आमाको दुध जति पौष्टिक हुन्छ त्यति नै गाईको दुध पनि मिठो हुन्छ । गाईको मुट औषधी हुन्छ, यसले १६० प्रजातिका रोग निको पार्छ । गाई र जन्म दिने आमा एउटै हुन् ।
के आफ्नो आमा सम्मानको गौमाताको हत्या गर्न पाइन्छ ? यदि कुल पितृलाई पुज्नु परयो भने अर्थात बलि दिनु परयो भने अरु जनावर छैन र ? त्यसैले गाईगोरु खाने सबै अपराधी हुन् भन्ने भनाई उहाले प्रकट गरेका छन् । युद्धकालमा गाईगोरु र जनाइँ काटने प्रथा माओबादीले ल्याएको पनि उहाँले आरोप लगाए । माओबादीले गाईगोरु काटन सिकाएको र आफूले पनि खाएको थापाले बताए । त्यसको देखासिखी गर्दै धर्मको नाममा अहिले अनावश्यक हिंसा भई रहेको उनको भनाई थियो ।
मुस्लिम लगायत अन्यले कुलदेवता पुज्दा सुंगरले बलि दिने प्रथा छ । तर हिन्दुहरुको विरोध स्वरुप अहिले गाईगोरु काटन थालिएको पनि बताए । यो निरंकुश व्यवहारले जातीय दिभेद ल्याउन खोजेको समेत थापाको भनाई थियो । अब आइन्दा यदि मुस्लिम लगायत अन्यले हिंसाको नाममा गाईगोरु काटयो भने अब हिन्दु धर्मावलम्बीहरुले पनि सुँगुर काटेर मुस्लिमको समुदायमा देखाउने समेत उनले चेतावनी दिए ।
तर संघीय लोकतान्त्रिक राष्ट्रिय दलित सल्पि मञ्च सम्बन्ध महासचिव शर्मिला वाग्चण्डले भने गाईगोरु खादा केही फरक नपर्ने बताइन् । गाईगोरु लुकीलुकी क्षेत्री बाहुनले समेत खाइ सकेको उनले आरोप लगाइन् । भैसी र गाईमा केही फरक नपर्ने उनको भनाई थियो । क्षेत्री बाहुनले भैसीको मं मं भने प्रत्यक्ष रुपमा नै घाटी तन्की तन्की खान मिल्ने,आखिर किन गाईगोरु चाँही नमिल्ने ? भनेर उनले प्रश्न समेत गरिन् । अहिले उहाँको यो प्रतिक्रियाले ब्यापक रुपमा चर्चा पाएको छ ।