कुन कुन जिल्लामा अहिले निषेधाज्ञा जारी छ ?

कलाखबर संवाददाता,१७ भदौं–काठमाण्डौं । हाल गृहमन्त्रालयले ३४ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । ती जिल्लामा पूर्णरुपमा मानव आवतजावत र सबै किसिमका व्यापार व्यावसाय बन्द नै गरेका छन् ।
मन्त्रालयका अनुसार निषेधाज्ञा जारी भएका ती जिल्लाहरु सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोक रहेका छन् ।
यसैगरि सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा छ।
तर आंशिक रुपमा मात्र निषेधाज्ञा गरिएका जिल्लाहरु भने ९ जिल्ला रहेका छन् । ती जिल्लाहरु नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ।