आज नेपालभर कोरोनाबाट ११ जनाको मृत्यु,१०६९ जना संक्रमित पुष्टि
कलाखबर संवाददाता,१६ भदौं –काठमाण्डौं । आज नेपालभर कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । लकडाउनको अन्तिम चरणमा फेरि आज १०६९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरीमा ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुषसहित दुई जना, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय पुरुष गरी तीनजना, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौँका ३५ र ७० वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ। नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ।