Logo

काठमाण्डौं उपत्यकामा झन जोक्खिम बढ्यो,आज मात्र १०६९ जनामा कोरोना संक्रण पुष्टि


कलाखबर संवाददाता,१६ भदौं –काठमाण्डौं । पछिल्लो २४ घण्टामा आज १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । पछिल्लो समयमा झन कोरोना संक्रमण बढ्न थालेपछि जोक्खिम बढेको हो । यो जोक्खिमसँगै मृतक संख्या पनि बढेको छ । जसको कारण फेरि लकडाउन समेत लम्बिने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्