Logo

कक्षा १२ को परिक्षा दशै अगाडी नै हुने


कलाखबर संवाददाता,१६,भदौ–काठमाण्डौं । कक्षा १२ को परिक्षा दशै अगाडी नै हुने भएको हो । परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारीमा परिषद्का अधिकारीहरू जुटेका छन् ।

तर पुरानै मोडल अनुसार परिक्षा सम्भव नभए पछि नयाँ विकल्पबाट हुने पनि परिक्षा बोर्डले जनाएको छ । यस विषयमा अहिले छलफल भई रहेको बुझिएको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्