Logo

काठमाण्डौं उपत्यकामा फेरिएक  हप्ता लकडाउन थप्ने सिडिओको संकेत 


कलाखबर संवाददाता,१६,भदौ–काठमाण्डौं । काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधज्ञाको अवधि अब एक दिन बाँकी छ । अर्थात् भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ। अहिले सम्म गरिएको निषेधाज्ञाले काम नगरे पछि फेरि पनि यसलाई निरञ्तरर्ता नै दिने बुझिएको छ । यस विषमा छलफल गर्न तीनवटै जिल्लाका प्रमुखहरुको भोली बैठक बस्दै छ । अहिले कोरोना संक्रमित र मृतक संख्या घट्नुको बदला झन बढेकोले फेरि निषेधाज्ञा थप हुन सक्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन । कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान भनिन् । त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधाज्ञाको अवधि लम्ब्याउनेबारे हामी ९तीन जिल्लाका सीडीओ० अनौपचारिक छलफल गरिरहेका छौं।

उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ। निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे बुधबार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बसेर निर्णय गर्ने बताइएको छ। यसअघि मंगलबार तीनवटै जिल्लाका सीडिओको भर्चुअल मिटिङ भएको थियो।

ललितपुरका जिल्ला प्रशासन प्रमुख नारायणप्रसाद भट्टले मंगलबार सामान्य छलफल भएको र बुधबार सबैको सुझावलाई हेरेर निर्णय गरिने बताए। ‘ निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे बुधबार निर्णय हुन्छ’, भट्टले भने। काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिरहेपनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने दबाब बढ्दो छ। उधोगी व्यवसायीहरुले त्यस्तो माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्