बिराटनगरबाट १४६ किलो गाँजा सहित एक व्यक्ति पक्राउ
कलाखबर संवाददाता,१६,भदौ–काठमाण्डौं । बिराटनगरबाट नाका काटेर भारतर्फ १४६ किलो गाँजा लैजादै गर्दा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका चेक जाँचको त्र्रmमा नाकाबाट सशस्त्र प्रहरीले सो व्यक्तिलाई पक्राउ गरेको हो । सो व्यक्ति सुनसरी गढी गाउँपालिका बस्ने ३४ बर्षीय सुरेशकुमार महतो खुलेको हो । महतोले २त६०५७ नम्बरको टयाक्टरबाट गाँजालाई भारतर्फ लैजादै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार सुनसरीको धरानबाट भित्रिएको ट्रयाक्टरमा रहेको गाँजाको परिमाण प्रदेश १ मा हालसम्मकै उच्च हो । उनका अनुसार गाँजा प्लाष्टिकमा प्याक गरी ट्रयाक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर ल्याइएको थियो । ट्रयाक्टर खाली अवस्थामा रहेको बताएका प्रमुख पौडेलले ‘फल्स बटन’ मा लुकाएको अवस्थामा १२७ प्याकेट गाँजा बरामद भएको हो ।
पक्राउ परेका ट्रयाक्टर चालक मेहताले सो ट्रयाक्टर विराटनगरको शनी मन्दिरबाट बुझेको बताएका छन्। उनले हालसम्म बरामद गरिएको गाँजाको मुख्य कारोबारी र लैजान लागेको स्थानबारे जानकारी दिइनसकेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका एक पदाधिकारीका अनुसार चालकलाई विराटनगर १८ भेडियारी पुर्याउनका लागि १० हजार रुपैयाँ दिने कुरा रहेको थियो।
नेपालमा प्रति किलो १० हजार रुपैयाँमा कारोबार हुने गाँजाको अवैध रुपमा धनकुटामा उत्पादन भएर निषेधाज्ञाका क्रममा भारततर्फ लैजान खोजिएको सशस्त्रको बुझाई छ । अर्कोतर्फ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले पक्राउ परेका मेहताको सूचना र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गाँजा कारोबार गर्ने गिरोहलाई कारवाहीको दायरामा ल्याउने बताउँछन् ।
बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रयाक्टरसहित चालकलाई सोमबार राति कारबाही अघि बढाउन सशस्त्रले ईलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ । रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए ।